अल्डरसट वैशाख १७ । बेलायतको अल्डरसटमा आइतबार मे २ तारिखदेखि ‘आफ्नो उपचार आफैंले गर्ने’ उपचार पद्धतिका लागि रेकी प्रथम दीक्षा कार्यक्रम सुरु हुने भएको छ ।
रेकी मास्टर एवं योगा प्रशिक्षक नगेन्द्र नेम्वाङले सञ्चालन गरेको हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा रेकी प्रथम दीक्षा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा जम्मा ७ जनाको मात्रै सीट रहेको र अहिलेसम्म ५ जनाले नाम दर्ता गराइसकेको रेकी मास्टर नेम्वाङले जानकारी दिए । उनले यदि रेकी हिलिङ सिक्न चाहनु हुने इच्छुक महानुभावहरुले तुरुन्तै 07830342847 नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । कार्यक्रम प्रत्येक हप्ता हुने पनि उनले बताए ।
‘जम्मा ७ जनाको आवश्यकता हो । अहिलेसम्म ५ जना आइसकेको छ । गोप सिङ्जाली मगर, देबी सिङ्जाली मगर, होमा लिम्बू दिदी, खड्गजंग लिम्बू, ओम पाइजाले नाम दिइसक्नु भएको छ । दुई जना बाँकी छ । यदि तपाईं आफ्नो लागि आफैं डाक्टर बन्न चाहनु हुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ,’ रेकी मास्टर एवं एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नेम्वाङले फेसबुक लाइभमार्फत् अनुरोध गरेका छन् ।
रेकी हिलर कतिपय डाक्टरले निको पार्न नसकेका बिरामीहरु पनि निको भएको उल्लेख गर्दै मास्टर नेम्वाङले रेकीबारे यसरी प्रट्याएका छन्, ‘रेकी एउटा जापानिज् उपचार पद्धति हो । सामान्यतया डाक्टर बन्नका लागि १०/२० वर्ष अध्ययन गर्नु पर्ने हुन्छ । खर्च पनि १०/२० लाख नै हुन्छ । तर यो रेकी एक दिनको कोर्स लिएर दिनको १ घण्टा २१ दिनसम्म प्राक्टिस गर्यो भने रेकी हिलर बनिन्छ । रेकी हिलरले आफ्नो मानसिक, शारीरिक समस्या वा आफू बिमार परेको बेला आफूले आफैलाई हिलिङ गर्ने । आफ्नो साथीलाई हिलिङ गरिन्छ । आफ्नो परिवारलाई हिलिङ गरिन्छ । बिनाऔषधि निको पार्न सकिन्छ ।’
रेकी हिलिङले अनिद्रा, चिन्ता, डरत्रास, तनाव मुक्त हुनाका साथै शारीरिक रोगहरु ढाड, कम्मर दुखाइ निको हुने र अल्छिपना लगायतको पनि उपचार गर्न सकिने उनको भनाइ छ ।






