अल्डरसट बेलायत वैशाख २० । मे २ तारिख आइतबारका दिन रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे सुरु भइ २ बजे समापन भएको रेकी दीक्षा खड्गजङ आङ्बुहाङ लिम्बु, होमा पाहिम आङ्बुहाङ लिम्बु, ओम नारायन पाइजा, गोपबहादुर सिङ्जाली मगर र देवी सिङ्जाली मगरले ग्रहण गरेका थिए ।
दीक्षा ग्रहणपछि अनुभव सेयरिङ गर्ने क्रममा सबैले शरीर हल्का भएको महसुस, मनमा आनन्द आएको अनुभव सुनाए । उनीहरु अति हर्षित देखिन्थे ।
योगा प्रशिक्षक एवं रेकी मास्टर नगेन्द्र नेम्वाङले दीक्षापछि रेकीलाई उजागर गर्न २१ दिनसम्म दिनको एक घन्टा आत्मोपचार गरेरमात्र अरु बिरामीलाई उपचार गर्न सकिने बताए । गुरु डा. योगी विकाशानन्द र गुरुमा कमलेस्वरीको करुणामय अडियो साउन्डबाट दीक्षितहरुलाई साधना गराइएको थियो । नेम्बाङले रेकीबाट शारीरिक तथा मानसिक रोगलाई उपचार गर्ने विधि हिलिङ गर्ने तरिका रेकीबाट हुने फाइदाहरु प्रस्ट्याएका थिए । साथै रेकी दोस्रो डिग्री, मास्टर डिग्री कोर्स लिएर रेकी हिलर उत्पादन गरी व्यवसाय सन्चालन गर्न सकिने पनि बताए । शारीरिक रुपमा स्वास्थ्य तन्दुरुस्त रहन र मानसिक रुपमा प्रफुल्ल खुसी रहनका लागि सन्तुलित भोजन, नियमित ब्यायाम, गहन आराम, रेकी ध्यान, प्रशस्त पानी पिउनु पर्ने र सकारात्मक सोच गर्नु पर्नेमा जोड दिए ।
रेकी दीक्षा कार्यक्रमको अन्त्यमा सबै सहभागीको प्रतिनिधित्व गर्दै खड्गजङ आङ्बुहाङ लिम्बुले रेकी मास्टर नेम्वाङलाई धन्यवाद ज्ञापन गरेका थिए । रेकी हिलरहरुलाई रेकी प्रथमको प्रमाण पत्र पनि हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेले प्रदान गरे ।
















