विनेसाम बेलायतको पश्‍चिम शाखाले मनायो पारिजातको २८औं स्मृति दिवस

SHARE:

जयराम तामाङ

लन्डन वैशाख २६ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) बेलायतको पश्‍चिम शाखाले साहित्यकार विष्णुकुमारी वाइबा (पारिजात)को २८औं स्मृति दिवस मनाएको छ ।

शाखा अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा यही मे ८ तारिख शनिबार जुम भर्चुअलमार्फत पारिजातको स्मृति दिवस भव्य रुपमा सम्पन्न गरिएको हो ।

मुकेश राई संयोजक र भरत लोहोरुंग राईको सहसंयोजनमा भएको कार्यक्रमको पहिलो चरण शाखाका सचिव शान्ति लिम्बुले सञ्‍चालन गरेकी थिइन् भने दोस्रो चरणको कार्यक्रम संयोजक मुकेश राईले संचालन गरेका थिए । बिनेसामा बेलायतको पश्‍चिम शाखाको त्रैमासिक साहित्यिक गोष्ठीमा विश्वको बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, विशेष अतिथिहरु बिनेसामा केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी र महासचिव सुनिता राई कन्दङ्वा, फोनिज यूके अध्यक्ष प्रमिला लाबुङ राई, बिनेसामा बेलायत दक्षिण शाखाका अध्यक्ष विजय हितान सबै आआफ्नो रचनाको साथमा उपस्थित भएका थिए ।

नेपाली राष्ट्रिय गानको साथ शुभारम्भ भएको कार्यक्रममा वरिष्ठ साहित्यकार पारिजातको साथै दिवंगत साहित्यकारहरुको स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो । बिनेसामा पश्‍चिम शाखाका उपाध्यक्ष लेखिका, गीतकार तथा साहित्यकार जानु काम्बाङले स्वागत मन्तब्य दिएकी थिइन् भने बिनेसाम पश्‍चिम शाखाकै उपाध्यक्ष भरत लोहोरुंग राईले पारिजात स्मृति दिवस अनि पारिजातको बारेमा मन्तव्य दिएका थिए ।

पारिजात (विष्णुकुमारी वाइबा)को जन्म विक्रम सम्बत् १९९४ दार्जिलिङमा भएको थियो । उनको निधन वि.सं. २०५० वैशाख ५ गते काठमाडौंमा भएको थियो । मदन पुरस्कार प्राप्त उनको कृति शिरिषको फूल चर्चित कृति हो । यो कृति अङ्ग्रेजी, हिन्दीलगायत आधा दर्जनभन्दा बढी भाषामा अनुदित छन् । उनका उपन्यास, कविता, कथा, आत्मसंस्मरण गरेर दुई दर्जन कृतिहरू प्रकाशित छन् ।

मन्तब्यकै क्रममा प्रमुख अतिथि राजदूत रेग्मीले नेपालीहरु जहाँ भए पनि नेपालीलाई शिरमा राखी अदम्य साहस, सन्देशमूलक भावानाहरुलाई संसारभरका नेपालीहरुमाझ पुर्‍याउनु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै रेग्मीले पारिजातको कृतिलाई अंग्रेजीमा अनुवाद गर्नको लागि सुझाब अनि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

विश्वमा मानिसहरु ब्यापार व्यवसायमा प्राथमिकता दिइरहेको बेलामा पनि त्यसरी साहित्यमा अगाडि बढेको देख्दा अत्यन्तै खुसी ब्यक्त गरेका थिए । अहिले कोरोनाको महामारी ले संसारलाई तहसनहस गरिरहेको बेलामा बेलायत सरकारलाई नेपालको लागि भ्याक्सिन को लागि अनुरोध गरेको कुरा पनि महामहिम रेग्मीले मन्तव्यको क्रममा ब्यक्त गरेका थिए ।

बिशेष अतिथि बिनेसाम केन्द्रका अधक्ष सुरेन्द्र लिम्बुले साहित्यकार र साहित्यको सम्मान गरेकोले बिनेसामा बेलायत दक्षिण शाखा र पश्‍चिम शाखा दुबैलाई धन्यबाद दिएका थिए । बिनेसामा बेलायात पश्‍चिम शाखाको नियमित त्रैमासिक सिर्जना बाचन कार्यक्रममा सर्जकहरु सल्लाहकार खेम गुरुङ, सेमन्त राई, प्रतिक चामलिंग, रमेश कायस्थ, हिमकला किराती, अहिल्या कुँवर, लिला सेलिङ्ग माबो, बिश्वकाजी राई, अनिला राई, अमित थेबे, शशि सुब्बा थापा, किरण चाम्लिङ्ग, होम किरात, थिर थापा, औतारी साइँला, लालसुन्दर राई, प्रतिमा केसी, नानु राना थापा, गोमा राना, जित छन्त्याल, देबी आले, शान्ति लिम्बु सबैले आआफ्नो रचनाहरु सुनाएर कार्यक्रमलाई रौनक बनाए ।

बिनेसामा बेलायत पश्‍चिमा शाखाका अध्यक्ष लाल सुन्दर राईले कार्यक्रमको अन्तमा संयोजकहरु, सचिवलगायत सम्पूर्ण सहभागी सृजना बाचकहरु अनि उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमलाई समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!