कथा-टोके वेथर

SHARE:

माथी तारे भिर पारी घना जंगल तल कल्कल् बग्ने नदीको किनारमा जिर्ण बनेको खरले छाएको एक्लो झुप्रो जहॉ न पर्खाल न कुनै बार। अनी अलि पर पहरामा सानो गॉउले बस्ति। त्यो झुप्रोभित्र बृद्ध बाजे अनी टुहुरो दुधे बालकमात्र बस्दथे।जन्मदैं आमा मरेकोले यस्ले जन्मँदै आमा टोक्यो यो टोके रहेछ भन्दै निर्दोश शिशुलाई सबैले टोकेको उपनाम दिए अनी बाबाको पहिचान नभएकोले उस्लाई सबैले टोके वेथर भनेर सम्बोधन गर्न थाले। उ बृद्ध बाजेको अपाङ्ग छोरी लाटी जो बोल्न सक्दैन उस्को गर्भबाट जन्मेको तर बच्चालाई जन्म दिएर प्रशव पिडा सहन नसकी प्राण त्यागेकी थिईन्। लाटीलाई गर्भवती बनाउने व्यक्तिको पहिचान नखुलेकोले उस्लाई कसैले बलत्कार गरेको तर लाटीले बोल्न नसक्ने भएकोले कस्ले अपराध गर्यो भनेर बृद्ध बाले न्याय माग्दै समाजपनी जोडेको थियो तर सुनुवाई कहिल्यै भएन। र प्रहरीसम्म पुग्ने उसँग औकातपनी थिएन।

गाउँकै अदक्ष्यको छोरा हुन सक्ने भन्दै खास्खुस् कुरा कात्थे गाउँलेहरु तर ब्यर्थै गाली खाईएला भनेर बोल्न र सहयोग गर्न खासै रुची राखेनन् गाउँलेहरुले।आफै भिख मागेर गुजारा गर्ने बृद्ध बाजेले कुप्रो परेको ढाडमा बोरामा नातीलाई बोकेर कसैलाई गाईको दुध मागेर नातीलाई हुर्काए यसरी हुर्काएको नातीपनी ६ वर्षको भए। तर बृद्ध बाजे राती सँगै सुतेको बिहान उठ्नु भएन बाजे..बाजे भन्दै बोलाउछ टोके वेथरले तर बाजे कहिल्यै नउठ्ने गरी निदाएछ। केही पर गाउँका मान्छेहरु घॉस कात्न आएको देखेर टोकेले बाजे नउठेको गुनासो गरेपछी सबै आए अनी मृत्यु भएको रहेछ भनेर केही मान्छे जम्मा भएर बाजेको अन्त्येष्टि गरिदिए बल्ल टोकेले थाहा पाएकी मान्छे मर्दोरहेछ भनेर। पछी त्यो झुपदीमा एक्लो भयो टोके।दिनमा गाउँतिर आउथे कसैले मायाले दिए खान्थे कहिले भोकै डुल्थे,एकसरो फाटेको कपडा लगाउथे कहिले आफुजस्तै साथीहरुसँग खेल्न रुचाउथे,तर अभिभावक विनाको देखेपछी सबैले हेप्थे,पिट्थे टोके रुँदै झुपदीमा आउथे।

यो दृश्य यदी उस्को आमालाई गर्भवती बनाउने व्यक्तिले देख्छ भने उस्को मनमा के लाग्थ्यो होला?शायद केही पश्चताप उस्लाईपनी भयो होला तर समाजमा आफ्नो ईज्जत जाने डरले लुकेर सम्झिन्छ होला मान्छे न हो कहीँ मन पोल्दोहोला। केही समयपछी एकजना गाउँकै मान्छेले दु:ख देखेर सहरमा लगेर होटेलमा भॉडा माझ्ने काम लगाईदिएका थिए, पछी ठुलो भएपछी अरुलाईझैं जवानी उस्लाईपनी चढ्यो उस्लाईपनी रमाईलो गर्न मन लाग्थ्यो, बिबाह गरेर घरबार बसाउन मन लाग्थ्यो अरु जस्तै उस्लाईपनी विदेश गएर पैसा कमाउने रहर जाग्थ्यो। अनी एक दिन जिल्ला कार्यालयमा गएर पास्पोर्ट बनाईदिनुस् म विदेश जान्छुपनी भने तर पहिले नागरिकता चाहिन्छ,नागरिकता बनाउन बाबा आमा की नातेदार लिएर आउ भनेर पठाईदिए।उस्को बाबा को हो?थाहा छैना न आमा छ न कोही नातेदार। त्यस्पछी उस्लाई अमानविय सोंचाईहरु आउन थाल्यो होटेलमा भाँदा माझ्नै छोड्यो दुनियॉको गाली बोली अपहेलना र दु:ख कष्ट हरु भोगेर कठोर भैसकेको दिल आज नागरिकताले तुक्र्याईदियो।आफुलाई अनागरिक सम्झँदै म कुन अभिशापले यो धर्तिमा जन्मेछु भन्दै धिक्कार्दै जथाभावी हिँड्ने रक्सि पिउने जहॉ पायो त्यहीँ सुत्ने गर्न थाल्यो।
उ आफुलाई जन्माउने आमा मरेपनी बाबा त अबश्य जिॅउदै होला,उस्लाईपनी कहिल्यै भलो नहोस् भन्दै सराप्दै सहर बजार घुमिरहन्थ्यो।
सहरमा घुम्दै गर्दा एक दिन एकजना नारी उस्को प्रेमीको गर्भवती रहेको र उस्को प्रेमीले नस्विकारेपछी पेटको बच्चाको बाबाको पहिचान नभएकोले समाज भेला गरेका रहेछन्।

ति नारीलाई त्यहॉको भलादमीहरुले कस्को भुँदी बोकेकी छेस् भन् नत्र यस्तो समाजमा विकृती ल्याउने महिलालाई सहर निकाला गर्नुपर्छ भन्दै
गाली गर्छन् केही नारीहरुले आईमाईको ईज्जत फाल्ने छी!छी! भन्दै तिरस्कार गर्छन् तर उस्ले देखाएको केटाले होईन भन्दै नस्विकारेकीले त्यहॉ विवाद भएको रहेछ,नारी रुँदै बसेकी देखेपछी टोकेलाई आफ्नै कहानी दोहोरिएको भान हुन थाल्यो अनी सोंच्यो गर्भवती बन्नु र बनाउनु पहिलेनै दुबैले किन सोंचेनन् अब फेरी म जस्तै बा विनाको बच्चा जन्मने भयो निर्दोष बच्चाले म जस्तै दु:ख पाउने भए भन्ने सोंचेर उस्को मनमा दया जाग्यो अनी रक्सिले मातेको टोकेले यो बच्चा मेरो हो भन्दिए। भलादमीहरुले नारीलाई सोध्छ नारीले टोकेतिर हेर्दै मर्नु भन्दा बहुलाउनु जाती भन्ने सोंचेर होला हो भनिदिए। भलादमीहरु त्यसो भए किन पहिलेनै नभनेको व्यर्थै यत्रो समाज जोड्नै पर्थेन भन्दै हप्काउन थाल्यो,टोकेले मेरो हो तर बच्चालाई नागरिक हक दिने मेरो हैशियत नभएकोले र म आफैपनी कुन थरको थाहा छैन। त्यसैले मैले नभनेको भनेर आफ्नो सॉचो बास्कविकता र गर्भवती बनाएको झुठो बयान दिएर कचहरीको टुङ्गो मिलाईदिए। केही दिनपछी ती नारी सुत्केरीपनी भईन र समयसँगै बच्चापनी अली ठुलो भयो। टोकेपनी श्रीमती र बच्चा पाएपछी जीवनकै ठुलो उपलब्धि भएको महसुस् गर्दै खुशीले आफैलाई भाग्यमानी ठानेको थियो। तर केही दिनपछी बच्चा बिमारी भयो र अस्पताल पुर्यायो त्यहॉ बच्चा कम्जोरी छ रगत हाल्नुपर्छ भन्यो टोकेले आफु रगत दिन तयार भयो तर टोकेको रगत बच्चासँग नमिल्ने भन्दै अरुको रगत किन्नुपर्छ पैसा धेरै लाग्छ भनेपछी टोकेसँग त पैसा थिएन,डाक्तरलाई म पैसा जम्मा गर्छु जसरीपनी बच्चाको उपचार गरिदिनुस् बिन्ती छ भने।

डाक्तरले बरु छिटो गर्नुस् नत्र अप्थ्यारो हुन सक्छ भनेपछी टोके श्रीमती र बच्चालाई अस्पतालमै छोडेर पैसा खोज्न जान्छन् तर कसैले दिएनन् पछी पुरानो साहुकोमा गएर गुहार माग्छन् तर सुनेन। त्यसपछी काम खोज्दै जॉदा खोलाको किनारमा ढुङ्गा फोर्ने काम पायो त्यहॉ केही दिन ढुङ्गा फोरेर अलिकती पैसा लिएर अस्पताल जॉदा बच्चालाई बचाउन सकेनौं तिमी ढिला गर्यौ भन्दिए डाक्टरले। श्रीमती रुँदै बेहोस् हुँदै गरेको विरक्तको अबस्था अनी आफुले माया गरेको बच्चा नहुँदा टोकेले फेरी त्यही अस्पताल छेउकै भत्तिमा गएर रक्सि पिउन थाल्यो उ मातेपछी आफैलाई जिउन रहर लागेन। यो दुनियॉमा मान्छे भएर बॉच्न की धन कि जन हुनपर्दोरहेछ,नहुनेलाई यहॉ मान्छेहरुलेनै मान्छे नभन्दोरहेछ,समाजको मान्छेहरुलेनै अनागरिक बनाईदिदो रहेछ,डाक्टरले पैसा विना मान्छे बचाउन नचाहॉदो रहेछ,यहॉ मानविय धर्मपनी पैसासँग हुँदोरहेछ, यो दुनियॉमा बॉच्न नसकिँदो रहेछ।

अरे!रगत त सबैको रातो हुन्छ तर रगतपनी नमिल्दोरहेछ भन्दै आफ्नो जिन्दगीसँग बिक्षिप्त हुँदै बर्बराउछ अनी अस्पतालकै छेउको एउता रुखमा झुन्डेर आत्महत्या गर्छ अनी श्रीमती यो सबै देखेर मष्टिकघात हुनपुग्छ अनी उद्दारकर्मिहरुले पागलखानामा पुर्याईदिन्छ। एउता मान्छेले गर्ने गल्ति र गल्ति स्विकार नगर्ने प्रवृती अनी समाजिक नितीले यो दुनियॉमा यस्तै हजारौं अनागरिक टोकेको कहानी दोहोरिरहेको हुन्छ। बस्!एउता मान्छेको गल्ति र स्विकार नगर्ने प्रवृती अनी समाजिक नितीले। धन्यबाद!!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!