बेलायत – बेलायतका रक्षामन्त्री जोन हिलीले आज राजिनामा दिएका छन्। उनले राजिनामा दिएपछि ज़ीटुजी वार्तालाई असर पर्न सक्ने संभावना देखिएको छ।
गत सोमवार ८ जुन २०२६ का दिन नेपाली राजदूतावास लण्डनमा भएको वार्ता अत्यन्तै सकारात्मक भएको र जुलाई महिनाको पहिलो अथवा दोस्रो हप्तामा पुन: वार्तामा बस्ने सहमति भएको थियो।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हिलीले राजीनामा दिएका छन् ।






