पञ्चकन्या गाउँपालिकाले बैंक तथा वित्तीय संस्थालाई सीएसआर रकम सामाजिक क्षेत्रमा लगानी गर्न आग्रह [पत्रसहित]

SHARE:

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सामाजिक कल्याण, गरिबी निवारण तथा वातावरण संरक्षणका क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ।

गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन २०८२) अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वार्षिक मुनाफाको एक प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।

पत्रमा पञ्चकन्या गाउँपालिकाले सामाजिक विकास, गरिबी न्यूनीकरण र वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्न चाहेको उल्लेख गर्दै गाउँपालिकाको एकल प्रयासले मात्र सबै काम सम्भव नभएकाले स्थानीय तहभित्र शाखा स्थापना गरी सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाहरूको सहकार्य आवश्यक रहेको जनाइएको छ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका एनआईसी एशिया बैंक, एसबीआई बैंक तथा नेपाल सरकारबाट इजाजत प्राप्त अन्य वित्तीय संस्थाहरूलाई सीएसआर रकम मार्गदर्शनमा तोकिएअनुसार सामाजिक कल्याण, गरिबी निवारण र वातावरण संरक्षणका कार्यक्रमहरूमा लगानी गर्न आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!