घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले ल्यापटप र मोबाइल कार्यालयलाई फिर्ता गरेका छन् ।
२०७४ सालमा पहिलो पटक तथा २०७९ सालमा दोस्रो पटक निर्वाचित भई आफ्नो २ कार्यकालको ९ वर्षको अवधिभरि आफूले कार्यालयबाट लिएको एक थान ल्यापटप र एक थान मोबाइल सेट जिन्सी शाखाका प्रमुख मछिन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । आफ्नो २ कार्यकालमा अध्यक्ष तामाङले प्रदेश तथा संघको कानुनबमोजिम गाउँपालिका प्रमुखले पाउने विभिन्न सुविधाहरु (जस्तै अतिथि सत्कार, घरभाडा तथा अन्य) कुनै नलिएको बताएका छन् ।
कार्यालयको कामकाजको लागि एउटा सिम कार्ड र एउटा गाडी प्रयोग गरिरहेको जनाउँदै कार्यकाल सकिएपछि कार्यपालिकासामु फिर्ता गर्ने अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन् । साथै आफ्नो व्यक्तिगत प्रयोजन र सुविधाका लागि हालसम्म कार्यालयबाट कुनै सुविधा नलिएको र नलिएरै जनताको सेवामा खटिन तप्पर रहेको अध्यक्ष तामाङले प्रस्ट पारेका छन् ।






