लन्डन जेठ ११ । नेपालमा कोभिड १९ महामारीविरुद्ध जुध्न नेप्लिज डक्टर्स एसोसिएसन यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेले आइसीयूमा प्रयोग गरिने महत्वपूर्ण उपकरण नेपाल पठाएको छ ।
दुवै संस्थाको संयुक्त पहलमा आइतबार एयर कार्गो गरी अक्सिजन कन्सन्ट्रेटर, पीपीइ (एफएफपीटु मास्क, सर्जिकल मास्क, गाउन, पञ्चा, पुनः प्रयोग गर्न मिल्ने रेस्पिरेटर्स, भाइजर्स), पिप भल्भ्स र स्नोर्केल मास्क, क्रयाप मसिन जस्ता सामग्री नेपाल पठाइएको हो । उपकरणहरु ६ स्वास्थ्य संस्था टिचिङ हस्पिटल, मोडल हस्पिटल, नेशनल ट्रमा सेन्टर त्रिशुली र धुलिखेल एवं नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउण्डेशनलाई प्रदान गरिने नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजुले जानकारी दिए ।
उनका अनुसार कार्गो आउँदो २८ मेमा नेपाल पुग्ने छ । ती सामग्री डाइबेटिज नेपालमार्फत वितरण गरिने छ । ती दुई संस्थाले अनलाइन फण्ड संकलनमा सहयोग गर्ने सम्पूर्ण दाताहरुप्रति आभार व्यक्त गरेका छन् ।






