डा. योगी विकाशानन्दद्वारा शनिबार अमृतवाणी जीवन दर्शन प्रवचन, संसारभरबाट सहभागी हुन पाउने

SHARE:

लन्डन जेठ १४ । मनोक्रान्ती दर्शनका संस्थापक डा. योगी विकाशानन्दले शनिबार भर्चुअल रुपमा अमृतवाणी जीवन दर्शन प्रवचन दिने भएका छन् ।

मनोक्रान्ति टिम यूकेको आयोजनामा मे २९ तारिख शनिबार बेलायतको समयअनुसार बिहान ९ बजेदेखि डा. विकाशानन्दले हेल्थ एन्ड ह्याप्पीनेससम्बन्धी प्रवचन दिन लागेका हुन् ।

‘शारीरिक रुपमा स्वस्थ र तन्दुरुस्त तथा मानसिक रुपमा चिन्ता र तनावमुक्त जीवन जीउने कलासम्न्बधी गुरु डा योगी विकाशानन्दले प्रवचन दिने कार्यक्रम रहेको छ, देश विदेशमा रहनुभएका इच्छुक महानुभावहरु सहभागी हुन सक्नु हुनेछ’, योगा टिचर एवं एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङले जानकारी दिए ।

योगा टिचर नेम्वाङको नेतृत्वमा बेलायतमा मनोक्रान्ति दर्शनको प्रवर्द्धन गराउने काम भइरहेको छ । उनकै नेतृत्वमा योगा हिमालयन एन्ड रेकी मेडिटेसन स्टुडियो यूके खोलेर हप्तैपिच्छे योग र रेकी हिलरको कक्षाहरु पनि सञ्‍चालन हुँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!