विश्वभरिका नेपाली प्रतिभालाई चिनाउन ‘एनआरएन द सिङ्गर’ आयोजना गरिने

SHARE:

काठमाडौँ, जेठ १६ । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन्।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्। शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भने, ” एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।” उनले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे।

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण’

त्यस्तै विशिस्ट सङ्गीतकार शम्भुजीत बाँस्कोटाले आफुले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभा हरु जनमा उने विश्वास व्यक्त गरे। उनले सन् १९८७ मा प्रज्ञा प्रतिस्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी , महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवि देवकोटाले पनि कार्यक्रममा शुभकामना दिएका थिए ।

“नेपालमा बढीरहेको कोरोना संक्रमणप्रति एनआरएन निकै चिन्तित र संवेदनशील छ। यो अवस्थामा नेपालमा रहेका हाम्रा सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनले सक्दो सहयोग संकलन गरिरहेको छ र नेपालमा थुप्रै सहयोग पनि पठाइसकेको छ,” एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले भने । “एनआरएनएमा आवद्ध सबै साथीहरू यो महान कामका लागि आआफ्नो ठाउँमा जुटिरहनुभएको छ ।”

त्यस्तै कार्यक्रमको मूल आयोजक, संस्कृति तथा सम्पदा उपसमितिका संयोजक, गोविन्द प्रसाद गौतम, ले लामो तयारी गरेर समितिले यो कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रम सफल पर्न सबैलाई आग्रह गरे । “विश्वव्यापी रुपमा घातक बन्दै गइरहेको कोरोना संक्रमणका कारण पीडा व्यहोरी रहेका नेपालीका निम्ति यो कार्यक्रमले केही भए पनि राहत पुग्नेछ भन्ने हामीले आशा लिएका छौं,“ उनले भने ।

कार्यक्रममा एनआरएनए द सिंगरको लोगो र जिङ्गल सार्वजनिक गरिएको थियो।

कार्यक्रममा संस्कृति तथा सम्पदा उपसमितिका सदस्य सचिव खड्ग न्यौपानेले लोकप्रिय गीत ‘यो देशमा म एउटा मानिस खोजि रैछु’ भन्ने गीत गएर सुनाएका थिए भने न्यौपाने र दिक्पाल पङ्गेनीले रोचक ढंगले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!