
लन्डन – जिन्दकी अनौठो छ। रमाइलो छ। सप्तरंगी इन्द्रेणी जस्तै छ जिन्दकी । तर जिन्दकी नै संघर्ष हो। जन्मेदेखि मृतुबरण गर्दासम्म संघर्ष गरिरहन पर्छ ओ जिन्दकिमा । जिन्दकी आँशु, हाँसो, मिलन, बिछोड, उकाली र ओह्रालीको दोभान हो। जहान संघर्ष हुन्छ। बिद्रोह हुन्छ। बिद्रोह आफैमा चुनौतिपूर्ण काम हो । उत्तिकै जोखिम युक्त पनि । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ ।विद्रोहको मुख्य कारण नै विभेद हो । संस्था, समाज वा देश, विभेदकै कारण विद्रोह भएको थुप्रै उदाहरण छन् । विभेद विरुद्ध हुने अधिकांश विद्रोह सफल पनि भएका छन् ।सैन्य संगठनमा पनि विद्रोह ! त्यो पनि बेलायती सेनामा ! हो, बेलायती सेनामा गरिएको विभेद विरुद्ध विद्रोह गर्ने एउटा हिम्मतिला गोर्खाली सिपाही हुन् प्रेम गाहा मगर । खासमा त्यो विद्रोह नभएर समानताका लागि लडिएको ‘कानुनी लडाईँ’ थियो ।आफूमाथि विभेद भएको छ भन्ने थाहा नै नपाउनु भिन्नै कुरा हो । तर, थाहा पाउँदा पाउँदै सहेर बस्नु आफूमाथि आफैले गरेको अन्याय पनि हो । प्रेमले जब आफूमाथि विभेद भएको थाहा पाए, ब्रिटिश सेनामा नै हलचल हुनेगरी प्रतिवाद गरे । अनि उनको प्रतिवाद (विद्रोह) सफल पनि भयो ।विद्रोहलाई कतिपयले नकारात्मक रुपमा पनि व्याख्या गर्ने गर्दछन् । तर, विभेद विरुद्धको विद्रोह कदापि नराम्रो कुरा होइन । जब बेलायती सेनामा प्रेमले भोग्दै आएको विभेद हट्यो, विद्रोह सकारात्मक थियो र आवश्यक पनि थियो भन्ने एकैसाथ प्रमाणित भयो खेलाडीहरु खेलको नियम पालना भयो वा भएन भन्ने मात्रै जान्दछन् । खेलमा जब नियमको पालना हुँदैन, त्यो खेल नभएर अराजकता मात्रै हुन्छ । नेपालको राष्ट्रिय बक्सिङ खेलाडी रहिसकेका प्रेम ‘नियमहरु’ प्रति पहिलेदेखि नै सचेत थिए ।
२०३२ सालमा गुल्मीको तम्घासमा जन्मेका प्रेमलाई उनका बुवा आमाले धेरै पढोस् भन्ने चाहन्थे । तम्घासकै महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका प्रेमलाई त्यसपछि भने पढाइले तानेन । उनको ध्यान खेलकुदले तान्यो। त्यसमा पनि बक्सिङले ।नेपालकै पहिलो ओलम्पियन बक्सिङ खेलाडी दलबहादुर राना प्रेमकै मामाका छोरा हुन् । ‘दलबहादुर दाई’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएर पुरस्कार तथा मेडल ल्याउँदा प्रेमको मन लोभिन्थ्यो ।
प्रेमलाई पनि दलबहादुरकै कर्मले लोभ्यायो । खेलाडी भएर पनि देशको नाम प्रख्यात बनाउन सकिने रहेछ भन्ने भावना उनको मनमा पलायो । अनि पछ्याए, दलबहादुरकै पदचाप । ‘बुवा आमा धेरै पढोस् भन्नुहुन्थ्यो, तर, मलाई दाइको सफलताले लोभ्याइरहेको थियो’ प्रेमले भने, ‘खेलाडी बनेर देशको नाम चम्काउँछु भन्ने विचार भित्रैबाट आयो । ’सुगठित शरीर अनि बक्सिङ कौशल, प्रेम पनि राष्ट्रिय टिममा छानिए र राष्ट्रिय बक्सिङ टिममै रहेर तीन वर्ष बिताए । तर, बक्सिङले लामो समय भने अड्याउन सकेन । तीन वर्षपछि ‘पुर्ख्र्यौली बिरासत’ पछ्याउँदै प्रेमलागे सैन्य सेवामा ।अनि शुरु भयो सैन्य यात्रा सुन्दै अचम्म ! एउटै परिवारका चार पुस्ता सेनामा । पुस्तैनी सेवा जस्तो ! तम्घासको गाहा मगर परिवारमा उनीभन्दा अगावै तीन पुस्ताले सैन्य क्षेत्रमा नै सेवा गरिसकेका थिए ।जिजुबाजे पूर्णबीरले तत्कालिन इस्ट इण्डिया कम्पनीबाट पहिलो विश्व युद्ध लडे । हजुरबुवा तुलबहादुरले पनि इस्ट इण्डिया कम्पनीबाट नै ब्रिटिश सेनामार्फत दोश्रो विश्व युद्ध लडे ।बुवा लेखहादुर नेपाली सेनामा भर्ती भए ।आफू अघिका तीन पुस्ताले राइफल चलाइसकेकाले प्रेमलाई त्यही पेशामा शुरुमा आकर्षण थिएन ।‘तर अवस्था यस्तो आयो कि म पनि पुस्तैनी पेशा जस्तै ब्रिटिश सेनामा आइपुगेँ’ सन् १९९६ जनवरीमा बेलायती सेनामा प्रवेश गरेका प्रेमले त्यतिबेलाको कथा सुनाए ।
किन त ? ‘ब्रिटिश आर्मीमा पैसा पनि राम्रै हुने, सुविधा पनि पाइने’ उनलाई लोभ्याउने एउटै कारण यही थियो । ब्रिटिश आर्मीमा भर्ती भएपछि नौ महिना तालिममा बिताए । तालिम पूरा गरेपछि उनको पोस्टिङ भयो ‘रोयलगोर्खा राइफल’मा, जहाँ उनले तालिममा सिकेको सैन्य कला मात्रै नभई आफूँ भित्र लुकेको कला पनि देखाउनेअवसर पाए ।‘ब्रिटिश आर्मीमा रहेर बेलायत र बेलायती महारानीको सेवा गर्नु त छँदै थियो, ब्रिटिश आर्मीको बक्सिङ टिममारहेर खेल कौशल देखाउने अवसर पनि पाएँ,’ उनले सुनाए ।
बेलायती सेनामा रहँदा उनले बोस्निया हर्जगोभिनिया, कोसोभो, ब्रुनाई, फकल्याण्ड, अमेरिका, बेलिज, जर्मनी, साइप्रस, क्यानाडा, केन्या लगायतका मुलुकमा रहेर पनि काम गरे ।फौजी काम त गर्नु नै थियो, त्यस अलावा उनले अर्को अवसर पनि पाए । त्यो हो– ब्रिटिश आर्मी बक्सिङ टिममा पर्नु ।सन् १९९६ डिसेम्बरदेखि १९९७ डिसेम्बरसम्म एक वर्ष उनले बेलायती सेनाको बक्सिङ टिममा रहेर बेलायती सेनाको नाम चम्काउने अवसर पाए । लण्डनबाहेक जर्मनी र साइप्रससम्म पुगेर उनले ब्रिटिश आर्मी बक्सिङ टिमको तर्फबाट प्रतिस्पर्धा गरे र पुरष्कार तथा पदक पनि पाए । बेलायतबाट प्रकाशित हुने ‘मिरर’ पत्रिकाले ‘बेस्ट अफ ब्रिटिश’ भनेर उनको टिमबारे समाचार नै छाप्यो।
ब्रिटिश आर्मी बक्सिङ्ग टिममा रहेर बक्सिङमा आफ्नो कौशल प्रदर्शन गर्दागर्दै उनलाई प्यारासुट तालिममा पठाइयो । आदेश मान्नुपर्ने वाध्यता थियो, उनी गए । तर, तालिमका क्रममा उनी घाइते भए । जसले उनलाईशारीरिक रुपमा कमजोर बनायो ।प्रेम जब शारीरिक रुपमा कमजोर भए, तब शुरु भयो फौज भित्रै उनीमाथिको विभेद ।फौज भित्रै संघर्ष र उपलब्धि शारीरिक रुपमा कमजोर भएपछि पहिलेजस्तो प्रदर्शन संभव थिएन । त्यही बीचमा उनी ‘ब्रिटिश सिटिजन’ फिलिपिन्सकी एक महिला नर्ससँग विवाह बन्धनमा बाँधिए ।विवाह गरेपछि फौज भित्रैबाट पति पत्नीका लागि आवासीय सुविधा दिने गरिन्छ । तर, प्रेमले पाएनन् । अरुब्रिटिश जोडीले ‘क्वार्टर’ पाउने तर, आफूले नपाउने भएपछि उनले बेलायती कानुन र सैन्य कानुन अध्ययन गर्नथाले । कानुनमा नपाउने भन्ने कहीँ थिएन । उनले माग गरिरहे, सुनुवाइ भएन ।‘भेदभाव यसरी झाँगियो कि कतै जागिर नै जाने त होइन भन्नेसम्मको अवस्था आयो,’ उनले भने, ‘तर मभेदभाव विरुद्ध अदालत नै गएँ ।’
आफै कार्यरत संस्था, त्यसमाथि फौजी निकाय, अदालत जानु सहज थिएन । अदालतले भने उनलाई न्याय दिलाइदियो ।
अब फौज भित्रका थुप्रै नियम परिवर्तन हुन थाले । ब्रिटिश आर्मी का गोर्खा सिपाहीहरु ले पनि क्वार्टर पाउनथाले । पहिले ‘म्यारिड क्वार्टर सुविधा’ सेवामा रहुन्जेल १५ वर्षमध्ये तीन वर्ष मात्रै पाउने व्यवस्था थियो । तरउनको अदालती लडाई पछि आर्मीले त्यो विभेदकारी प्रावधान हटायो।
उनले लण्डनमै विवाह गरे पनि विवाह दर्ताका लागि काठमाडौंस्थित ब्रिटिश गोर्खाको कार्यालयमा आउनुपर्नेथियो । त्यतिबेलै नयाँ व्यवस्था बन्यो, ‘जुन युनिटमा कार्यरत हो, त्यही युनिटमा’ विवाह दर्ता गर्न सकिने ।उनकै संघर्षका कारण अर्को सफलता पनि हात लाग्यो, अवकासप्राप्त सैनिकहरुका लागि । ‘एमपीजीएस’ अन्तर्गत अवकासप्राप्त सैनिकहरुलाई सुरक्षा सम्बन्धि काममा सहभागी गराउने नीति पनि उनकै संघर्षको प्रतिफल थियो । एमपीजीएसको पहिलो गोर्खाली उनै थिए, जसले सेवारत अवस्थामा नै उक्त भूमिका पाए ।बेलायत यूरोपमै सबैभन्दा बढी नेपाली रहेको मुलुक हो । बेलायतमा रहेका नेपालीहरु र नेपाली समाजसँग उनको सम्बन्ध निकै बाक्लिएको थियो । जब अवकास पाए, त्यसपछि भने उनी पूर्ण रुपमा नेपाली समाजसँग हातेमालो गर्न थाले ।समाजले तान्यो एनआरएन अभियानमा।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदा उनी बेलायतमै थिए । स्थापनाकालदेखि हालसम्मका गतिविधि बारे उनी जानकार छन् । त्यतिबेला उनी फौजमा थिए ।‘सेनामा नै हुँदा पनि एनआरएन अभियानमा म सहभागी भइरहन्थे’ सन् २००६ मा तत्कालिन एनआरएन यूकेअध्यक्ष अशोक श्रेष्ठको कार्यकालमा एनआरएनका कार्यक्रमहरुमा सहभागी भएको उनले सम्झिए ।खासगरी युवा पुस्ताको वृत्ति विकास र युवा पुस्तालाई नेपाल चिनाउने अभियानमा उनको रुचि हुन्थ्यो र सहभागिता पनि । ‘बेलायतमा बस्ने युवा पुस्तालाई एक जुट बनाउने मेरो चाहना थियो,’ नेप्लिज युथ यूके’ काप्रमुख सल्लाहकारसमेत रहेका प्रेमले भने, ‘युवा पुस्ताहरुसँग काम गर्दै जाँदा एनआरएन अभियानमा सक्रियहुन थालेँ ।’
अवकासपछि बेल्हाम बक्सिङ क्लबमा कोचका रुपमा झण्डै चार वर्ष बिताएका प्रेमले त्यही बीचमा व्यवसायमा पनि हात हाले । शुरूमा वाटरलूमा र पछि अल्डरशटमा ‘टेम्पटेशन नाइट क्लब’ सन्चालन गरेरउनले व्यवसायसँगै समाजसेवालाई निरन्तरता दिन थाले ।‘साथीहरुले एनआरएनमा बसेर काम गर्नु पर्यो भन्नुभयो’ मैले पनि हुन्छ भनेँ, सन् २०१७–१९ मा उपाध्यक्षकारुपमा एनसीसी बेलायतमा प्रवेश गरेका प्रेमले सुनाए ।उपाध्यक्ष भएपछि उनलाई ‘च्यारिटी डिपार्टमेन्ट’ प्रमुखको जिम्मेवारी दिइएको थियो । समाजमा राम्रो सम्बन्धर सम्पर्क भएका उनलाई उक्त जिम्मेवारी पूरा गर्न कुनै समस्या भएन । उनी जे चाहन्थे, जिम्मेवारी पनि त्यस्तैपाए । ‘युवा पुस्तालाई एकजुट बनाउने, बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई सहयोग गर्ने र नेपाली कलासंस्कृतिको संरक्षण र विस्तार गर्ने मेरो चाहना थियो, जिम्मेवारी पनि त्यस्तै पाएँ,’ उनले भने ।‘च्यारिटी डिनर विथ बक्सिङ, डिज्याबिलिटी एड इभिनिङ र दि भ्वाइस अफ नेपाल कन्सर्ट’ उनी संयोजक भएरगरिएका तीन मुख्य कार्यक्रम थिए, जुन अपेक्षाकृत सफल पनि भए । जोन राइडर, क्रिस ब्रोक लगायतका अन्तर्राष्ट्रिय बक्सरहरु एनआरएनको बक्सिङ प्रतियोगितामा सहभागी भए।






