सिटौला सेवा समाज नेपालको १४औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा हुँदै

SHARE:

काठमाडौं । सिटौला सेवा समाज नेपालको १४औँ वार्षिक साधारणसभा यही शनिबार जेठ ३० गते काठमाडौंमा आयोजना हुने भएको छ।

समाजले जारी गरेको सूचनाअनुसार साधारणसभा बिहान १०:३० बजे सुकेधारास्थित बाग्मती स्कुलमा सञ्चालन हुनेछ। सभामा समाजका अग्रज व्यक्तित्व, आजीवन सदस्य, पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न शाखाका पदाधिकारी तथा सदस्यलगायत सम्पूर्ण सम्बन्धित महानुभावहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

समाजले उक्त सभामा सहभागीहरूको गरिमामय उपस्थितिले आपसी भाइचारा, एकता, सद्भाव तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

साधारणसभाको अवसरमा नयाँ आजीवन सदस्यता वितरण तथा प्रमाणपत्र वितरण कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ। ‘एकता, सेवा र सद्भाव हाम्रो पहिचान, हाम्रो अभियान’ नारासहित स्थापित समाजले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता र उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!