यूएई सरकारले अनुदान स्वरूप दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

SHARE:

यूएई जेठ १९ ।

यूएई सरकारले नेपाललाई अनुदान स्वरूप दिएको १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ ।

यूएईम रहेको नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटरसहित ट्रली, मास्कसहित १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू आज आफ्नै विशेष विमानमार्फत नेपाल पठाएको हो । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवन रक्षक मानिने बहु उपयोगी एउटा भेन्टिलेटरको मूल्य लगभग २० लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ ।

यूएईको विशेष विमान स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो । अबुधाबीस्थित नेपाली दूतावासले यूएईको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ्य समस्या उत्पन्न हुन लागेकोले यथाशक्य सहयोग गर्न आग्रह गरेपछि यूएई सरकारले सहयोग उपलब्ध गराएको हो ।

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । समस्यामा परेको बखत नेपालीहरूलाई सहयोग गरेको भन्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!