बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण दर

SHARE:

लन्डन जेठ । ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गएको छ ।

दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भए पनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको हो ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख २८ हजार ४४२ पुगेको छ । अघिला केही दिनमा संक्रमित संख्या ६ हजार भन्दा कम रहेको थियो । बेलायतमा कोरोना संक्रमण दर बढ्दै गए पनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन । बितेको २४ घन्टामा १३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।

हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८५४ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!