म्यान्मारमा लोकतन्त्र जोगाउन जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

SHARE:

लण्डन जेठ ३० । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ जी–७ को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । बन्दरगाह नाकामा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।

प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए । म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ । त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निश्पक्ष निर्वाचन गराउने सेनाको दावी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!