सुप्रमा-ईप्रमा पुरस्कार–२०२१ का लागि पुस्तक आह्वान

SHARE:

लन्डन असार ६ । –अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले बेलायतमा मे २०२० देखि मे २०२१ सम्ममा प्रकाशित कृतिहरु यस वर्षको सुन्दर प्रसाद मानन्धर तथा ईश्वर प्रसाद मानन्धर पुरस्कार (सुप्रमा-ईप्रमा पुरस्कार–२०२१) का लागि आह्वान गरेको छ ।

अध्यक्ष लाराको सभापतित्वमा शुक्रबार बसेको बैठकबाट पारित भई वर्षभरिको उत्कृष्ट कृतिलाई प्रदान गरिने सो पुरस्कारका लागि आफ्ना ३ थान पुस्तक उपलब्ध गराइदिन सम्पूर्ण साहित्यकारहरुमा अनुरोध गरिएको संस्थाका सल्लाहकार तथा पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठले जनाए ।

ईश्वर प्रसाद मानन्धरबाट आफ्नो स्व. बुवा सुन्दरप्रसाद मानन्धरको सम्मानमा सन् २०१२ मा स्थापना गरिएको £२५१ राशीको सो पुरस्कार हाल स्व मानन्धरकी धर्मपत्नी जानकी तथा मानन्धर परिवारबाट संचालित भइरहेको छ । सो पुरस्कारबाट मुकेश राई – २०१४, दुर्गा प्रसाद पोख्रेल – २०१५, केदार संकेत – २०१६, कृष्ण बजगाई – २०१७, डा सुमाया राई – २०१८, नृपेश उप्रेती – २०१९, देवेन्द्र खेरेस – २०२० बाट पुरस्कृत भइसकेका छन् ।

पुस्तक पठाउने ठेगाना: 7 Upper Town Road, Greenford, UB6 9JE

आइपुग्नुपर्ने अन्तिम मिति: ७ जुलाई २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!