अमेरिकाको अलाबामामा सवारी दुर्घटना, ९ बालबालिकासहित १० को मृत्यु

SHARE:

वासिङटन डिसी ७ असार । अमेरिकाको अलाबामामा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा ती नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएको छ । दुर्घटनामा नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!