बाजुङ समाज हङकङको स्वास्थ्य सामाग्री हस्तान्तरण र ५ लाखको अक्षयकोष घोषणा

SHARE:

पोखरा, ८ असार । बाजुङ समाज हङकङले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लब्स्, मास्क लगायतका विभिन्न स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ, चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल, स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर केही दिनमै स्वास्थ्य चौकीमा उपलब्ध हुने छ भने बाँकी सामाग्री सोमबार नै हस्तान्तरण गरिएको हो ।

करिब १ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँका अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ मिलनले जानकारी दिए । संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मीलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो ।

अभियानमा हङकङका विभिन्न ठाउँमा कर्म गरिरहेका बाजुङवासीले सहयोगी हात फैलाइरहेका छन् । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ । ‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो पुनित अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मीलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’

सञ्चालक समिति र कार्यविधि निर्माण गरी सञ्चालन हुने कोषबाट बाजुङवासीलाई चाहिने आपतकालीन स्वास्थ्य सेवामा सहयोग गरिने छ भने स्वास्थ्य चौकीको अत्यावश्यक सामाग्री खरिदमा पनि खर्च गरिने छ । ‘कोषको ब्याजबाट २० प्रतिशत मुल पूँजीमै थपने छ भने ८० प्रतिशत जीवन रक्षा र सेवाका लागि खर्च गरिने छ,’ उनले भने ।

स्वास्थ्य सामाग्राी हस्तान्तरण तथा अक्षषकोष घोषणा कार्यक्रमा मोदी–५ बाजुङका वडाध्यक्ष दलबहादुर मल्ले समाजको अग्रसरताले ठूलो सहयोग पुग्ने बताए । ‘स्वास्थ चौकीमा सेवा थपिँदै छ । कोषमार्फत कसैले पनि अकालमा ज्यान जान नदिने सहयोग पुग्नेछ,’ अध्यक्ष मल्लले भने, ‘दुर्गाबहादुर गुरुङ मीलनजस्ता अभियान्तकै कारण बाजुङवासीले राहत महसुस गर्ने छन् ।’

पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र अप्ठेरोमा सहयोग गर्दै आइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!