तुल्सी बस्नेत
यो देश बनाउँछु भन्नेले बनाएन कहिले
धारे हात लगाएर मुर्दावाद भनिन मैले
नेपाली हौं हामी सहेकै छौं जहिले
समृद्विको बाटो हेर्यौ सुखी बन्न सकिएन
भ्रष्टाचारीलाई पनि भ्रष्ट भन्न सकिएन
नेपाली हौं हामी सज्जन बोकिएन !
जंगे पिलर जंगलतिरै हराउँछ जहिले
टिस्टादेखि काँगडा थियो सीमा पहिले
नेपाली हौं हामी चुपचाप जहिले !!






