दुर्लुङ स्वास्थ्य चौकीलाई बेलायतबाट आर्थिक तथा भौतिक आपतकालीन सहयोग

SHARE:

पर्वत, ३१ असार । महामारीको समयमा आफू जन्मेको ठाउँ प्रभावित भएपछि पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा जन्मिएका प्रवासीहरुले गाउँको स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् ।

दुर्लुङमा जन्मिएर हाल रोजगारको सिलसिलामा बेलायतमा बस्दै आएका दुर्लुङबासी प्रवासीहरुले १ लाख ६० हजार भन्दा बढी रकम सहयोग गरेका हुन् । कोरोना महामारीका कारण दुर्लुङ गाउँ समेत प्रभावित भएपछि बेलायतमा बस्दै आएका कर्णकुमारी गुरुङ, क्याप्टेन जीवन कुमार गुरुङ–दुर्गादेवी गुरुङ, हनेरी क्याप्टेन जयप्रसाद गुरुङ–कुमारी गुरुङ, भगतप्रसाद गुरुङ–सत्यादेवी गुरुङ, खेमबहादुर गुरुङ–भद्रकुमारी गुरुङ, कविता (कुलराज) गुरुङ–सरस्वती गुरुङ, धरमबल गुरुङ–विजयता गुरुङ, निरज गुरुङ- मेनुका गुरुङ र सुर्यबहादुर गुरुङ–उमा आशा गुरुङले १ लाख ६० हजार ७ सय ३४ रुपैँया सहयोग उपलब्ध गराउनुभएको हो ।

उक्त रकमबाट ५५ हजार बराबरको स्वास्थ्य उपकरण सामग्री २ आक्सिजन सिलिन्डर समेत खरिद गरिएको र १ लाख ५ हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा राख्नका लागि सहयोग प्राप्त भएको कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद उपाध्यायले बताए । सहयोगदाताको तर्फबाट शङ्कर गुरूङ र रामबहादुर गुरूङले हस्तान्तरण गरेका थिए भने वडाध्यक्ष उपाध्याय र स्वास्थ्य चाैकीका ईञ्चार्ज सुरेश सुबेदीले ग्रहण गरेका थिए ।

रकम ग्रहण गर्दै वडाध्यक्ष उपाध्यायले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका थिए । स्वास्थ्य उपकरण खरिदका लागि पोखरा निवासी बिकास गुरूङले समन्वय गरेका थिए । पोखरामा रहेका गुरूङले दुर्लुङ स्वास्थ्य चौकीका लागि समेत २५ हजार नगद सहयोग गरेका थिए । स्वास्थ्यको क्षेत्रमा दुर्लुङबाट प्रवासी जीवन बिताइरहेका व्यक्तिहरुले ठूलो मात्रामा सहयोग गर्दै आएको दुर्लुङ स्वास्थ्य चौकीका सह इञ्चार्ज बालकृष्ण पौडेलले बताए ।

स्वास्थ्य चौकी इञ्चार्ज सुरेश सुवेदीले प्रवासीहरुले उपलब्ध गराएको सहयोगले दुर्लुङबासीहरुको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग भएको बताउँदै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!