हङकङ नेपाली महासंघले तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

SHARE:

हुम तमु
पोखरा, २४ साउन । हङकङ नेपाली महासंघले आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई तमु धिं नेपालमा एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

तमु धिं नेपालकी आजीवन सदस्य समेत रहनु भएकी अभियानका संयोजक हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, रिता गुरुङका अनुसार कास्कीको ४ मध्ये २ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल(गण्डकी)क्षेत्रीय अस्पताल, १ वटा पोखरा ३० मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल र १ वटा पोखरा १६ अर्मलास्थित अर्मला स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो।

कोरोना भाईरस (कोभिड–१९) महामारीको बिषम परिस्थितीमा मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले हङकङ नेपाली महासंघले शुरु गरेको “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान” अन्र्तगत २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु सहयोग वितरण भइरहेको छ।

अभियानका संयोजक हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रिता गुरुङको संयोजकत्वमा दातृ संस्था सोअर्स एक्सनको बिशेष सहयोगमा नेपालको ७ वटा प्रदेशमा रहेका ७७ जिल्लाका नेपाल सरकारद्वारा तोकिएको प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा १० लिटर प्रति मिनेट क्षमताको २०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु निःशुल्क वितरण हस्तान्तरण दोश्रो चरणमा जारी छ। वितरणको पहिलो चरण अन्तर्गत नेपालस्थित हङकङ नेपाली महासंघका प्रतिनिधिहरु मार्फत् १०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु प्रदेश नम्बर ५, ६ र ७ मा वितरण हस्तान्तरण कार्य सम्पन्न भईसकेको छ । दोश्रो चरण अन्तर्गतको थप १०० वटा अक्सिजन कन्सन्ट्रेटरहरु पनि प्रदेश नंम्बर १, २, ३ र ४ मा वितरण हस्तान्तरण अन्र्तगत साउन २३ गते शनिवार तनहुँ र लमजुङ जिल्ला र साउन २४ गते आइतवार कास्की, म्याग्दी, बाग्लुङ लगायतका जिल्लाहरुमा वितरण अन्र्तगत कास्कीका लागि ४ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण संयोजनका लागि तमु धिं नेपाललाई हङकङ नेपाली महासंघका नेपाल प्रतिनीधि उप्रेतीसहितको टिमले तमु धिं नेपालका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा हङकङ नेपाली महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले नेपालका ७७ वटै जिल्लामा २, २ वटाको दरले कन्सन्ट्रेटर वितरण गर्दै आएकोमा आवाश्यकताको आधारमा कास्कीलाई ४ वटा सहयोग गरिएको बताउनुभयो। महासंघले “हेल्प नेपाल–फाईट कोभिड–१९ अभियान”अन्र्तगत हङकङमा विभिन्न चरणमा धेरै सहयोग गरिदै आएको र मातृभुमिप्रति महासंघले आफ्नो दायित्व महसुस गरी सहयोग गरेको बताउनुभयो। कार्यक्रममा उप्रेतिसहित वितरण प्रतिनिधी रचना भण्डारी, गौरब मगर, जेतिन मगरको उपस्थितीरहेको थियो। कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संचालन तमु धिं नेपालका सचिव जुमबहादुर गुरुङले गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!