गौतमबुद्ध विमानस्थल आयोजनाको खातामा पैसा आएपछि आन्दोलन स्थगित

SHARE:

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।

मुआब्जा वितरणका लागि रु दुई अर्ब आइसकेको भोलिबाटै वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन भएको पनि उनले जानकारी दिए । एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट रु पाँच अर्ब निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरुले गौतमविरुद्ध नाराबाजी गर्दै उनको राजीनामासमेत माग गरेका थिए ।

आन्दोलनको नेतृत्व गरेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट निकासा भएको रु पाँच अर्बमध्ये रु दुई अर्ब आइसकेको जानकारी पाएपछि आन्दोलन स्थगन गरिएको बताए । उनले बाँकी रु तीन अर्ब पनि दुई दिनभित्र आउने पर्यटन राज्य मन्त्रीबाट आश्वासन पाएका कारण आन्दोलन स्थगन गरिएको बताउँदै बाँकी रहेको रु तीन करोड दुई दिनभित्र नआए आन्दोलन थप सशक्तरुपमा अगाडि बढाउने चेतावनी दिए ।

त्यस्तै, पीडितहरुले आगामी साउन महिनादेखि रु १० लाखबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै लाभकर खारेज गर्नुपर्ने माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!