अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

SHARE:

एजेन्सी साउन ३१ ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन्।

अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेका सिन्हाले जनाएको छ । टोलो न्युजका अनुसार अशरफ घानी र उहाँका सहयोगीले पनि अफगानिस्तान छाडेका छन् । यसअघि कार्यवाहक रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिएको बताएका खबरमा उल्लेख छ ।

घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ । तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीमा उल्लेख छ । तालिबानले अफगानिस्तानका मुख्य सहरहरू १० दिनमै नियन्त्रणमा लिएपछि पदबाट राजीनामा दिन घानीमाथि दबाब बढेको थियो ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू सार्वजनिक भएका थिए । केही हप्तादेखि अफगानिस्तानका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले राजधानी काबुलमा शरण लिइराखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!