मोनाको चौथो महाधिवेशन अक्टोबर १९-२० मा हुने, तीन सदस्यीय निर्वाचन समिति गठन

SHARE:

लन्डन भदौ ९। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आगामी अक्टोबर १९-२० मा हुने चौथो महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको २४ अगष्ट २०२१ का दिन अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा बसेको अनलाइन सचिवालय बैठकले सुवाशकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा चक्रबहादुर थापा र राजेश शाक्य सदस्य छन् ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको हरेक दुई वर्षमा महाधिवेशन सम्पन्न गर्नु पर्ने वैधानिक प्रावधान छ । त्यस अनुरुप संघको कार्यकारी समितिको एघारौं बैठकले चौथो अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर १९ र २० का दिन म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिले तेस्रो महाधिबेशनमा पारित संघको विधानको मर्म र निर्देशनअनुरुप निर्वाचन प्रकृया तथा नियमावली तय गरी २१ अगष्ट २०२१ भित्र कार्यकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएकोमा उक्त नियमावलीउपर छलफल गर्दै सम्पूर्ण राष्ट्रिय कार्यकारी समितिलाई थप सुझावका लागि पठाउने निर्णय गर्दै प्राप्त प्रतिकृयाको आधारमा आगामी ०३ सेप्टेम्बर २०२१ का दिन कार्यकारी समितिको नियमित बैठक बोलाई निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

यस्तै महाधिवेशनका लागि आगामी ३० सेप्टेम्बरभित्र हरेक राष्ट्रिय कार्यकारी समितिले प्रतिनिधि नामावली पठाउन पर्ने र प्रतिनिधिले मात्र महाधिबेशन र निर्वाचन प्रकृयामा सहभागी हुन पाउने निर्णय गरिएको छ । राष्ट्रिय कार्यकारी समितिले पठाएको नामावलीबाहेक अन्य माध्यमबाट आएको प्रतिनिधि मान्य नहुने निर्णय बैठकले गरेको मोनाले जनाएको छ ।

साथै महाधिवेशनको अवधिमा नेपाल रहने प्रतिनिधिहरु भौतिक रुपमा उपस्थित हुनु पर्ने र वर्तमान महामारीको चपेटामा परी विभिन्न कारणले नेपाल जान सम्भव नहुने अवस्थामा प्रविधिको माध्यमबाट आ–आफ्नो कार्य क्षेत्र रहेको देशबाट पनि उपस्थिति र निर्वाचन प्रकृयामा सहभागी हुन पाउने निर्णय गरिएको छ ।

गैरआवासीय नेपाली संघको आसन्न दसौं महाधिवेशनमा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा–२ बाबियाँचौर निवासी बिगत १२ वर्षदेखि अभियानमा योगदान दिएका लालप्रसाद पुनले बहराइनबाट मध्यपूर्व क्षेत्रीय उपसंयोजक पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको र रचनात्मक सहयोगका लागि राष्ट्रिय कार्यकारी समिति बहराइनले पत्राचार गरेकोले मध्यपूर्वका समग्र म्याग्देलीलाई साथ र सहयोग गरी बिजय गराउन अनुरोध गर्ने निर्णय पनि बैठक गरेको छ । साथै अन्य बिबिध पदमा उम्मेदवारी प्रस्तुत गरेका म्याग्देलीहरुलाई पनि अग्रिम शुभकामना दिने निर्णय गर्दै आगामी ०३ सेप्टेम्बरका दिन आयोजना गरिएको कार्यकारी समितिको बैठकमा उपस्थित भएर आफ्नो कार्ययोजना प्रस्तुत गर्न र सहकार्यको लागि अपील गरिएको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिले निर्माण गरेका ४० घरको बाँकी रहेको रकम यथासिघ्र भुक्तानी गर्ने निर्णय गरेको प्रवक्ता ई.नन्द गर्बुजाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!