अफगानिस्तानको काबुलमा भएका श्रृंखलाबद्ध विस्फोटमा ९० जनाको मृत्यु

SHARE:

एजेन्सी भदौ ११ ।

अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ९० जनाको मृत्यु भएको छ ।

विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । मारिनेहरुमा २८ जना तालिवान लडाकुसमेत रहेको तालिवानले जनाएको छ । इस्लामिक आतंकवादी संस्था आईएसको सहयोगी संगठन आइएस खोरासानले विष्फोटको जिम्मा लिएको छ । घटनामा परेर १२० जना भन्दा बढी घाइते भएका छन् ।

अफ्गनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरी विष्फोट गराइएको थियो ।आफ्ना थुप्रै लडाकुहरु घाइते भएको जनाएको तालिवानले घटनाको निन्दा गर्दै ३१ अगष्ट पछि अफगानिस्तानमा अमेरिकी उपस्थिति आवश्यक छैन भन्ने यो घटनाले पनि पुष्टि गरेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने बताएका छन् । विमानस्थलमा विष्फोट भएपछि प्रतिक्रिया दिँदै बाइडेनले दोषीहरुलाई जुनसुकै ठाउँबाट खोजेर न्यायको कठघरामा उभ्याउने चेतावनी पनि दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!