कविता: ज्ञानराज!
प्राध्यापक बालकृष्ण माबोहाङ
ज्ञानराज!
लाहुरेहरूले टेकेको
पाइताला भरीको माटो पनि नदिई,
लाहुरेहरूले लडेको
भूगोल र मरेको चिहान पनि नदिई,
बाँचेको देश, “ग्रेट ब्रिटेन” भयो ज्ञानराज!
करले होस, वा छलले होस
लाहुरेरू जन्माउने देश,
दासहरूको “नेपाल” भयो ज्ञानराज!
तिमी त साँच्चै पारूहाङले
सुम्निमाको प्रकृतिमा बिज सेचन गरेर जन्मेको
बहादुर छोरा रहेछौ।
तिम्रो बिरताको ईर्श्या गर्ने हरूलाई पोल्दो हो।
तिमीलाई धिक्कारेर।
तर तिमी
न ग्रेट ब्रिटेनको, न दासको।
भूपिको जस्तो बुद्दु पनि होइनौ।
बरू बेलायतको भिसीमा छाँती तन्काएर
आफ्नो स्वाभिमान को २०० वर्षको लडाइँ मा अजित, लडिरहने लडाकु
साँच्चै नै लडाकु जाति (मार्सल रैस)
गोर्खा पो रहेछौ।
सलाम छ मेरो,
तिम्रो निरन्तर जुझारु
र समर्पित जीवन प्रति,
ज्ञानराज।
तिम्रो साँचै लड्ने ताकत
अंग्रेजले यसैपल्ट चिन्यो,
मार्सल रैस को छोरो भनेर।
नत्र बुख्याँचा बनाएर,
कतिलाई तर्साएर खाएको थियो।
र अझै खाँदैछ।
जहाँ जाउ, पुग र लड।
तिम्री आमा सुम्निमा सित केही छैन,
तिम्रो जय र तिम्रो शत्रुको सदा पराजयको लागि दिने
आशीर्वाद बाहेक।
बसेकी छिन ट्याम्केको शीरमा,
चोमोलोङमा को शीखरमा,
दिन आशीर्वाद,
“हिजो जस्तै, तिम्रो शत्रुको सधैं पराजय होस”
ज्ञानराज।






