
बेलायत – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. माहाबिर पुनमगरलाई नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिद्वारा ने.रू.४,२१,३६० (अक्षरुपी चार लाख एक्काइस हजार तिनसय साठ्ठी सहयोग रकम हस्तान्तरण गरिएको छ । सो रकम नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको नेतृत्वमा तथा संस्थाका अध्यक्ष हुम थापाको नेतृत्वमा संकलनमा गरिएको थियो।
अध्यक्ष हुम थापाले चन्दा संकलन कार्यक्रममा चन्दा दिएर सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताज्युहरु, रकम हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष गंगा खासु मगर ज्यु, बिशेष अतिथि ज्युहरुमा रा.आ.केन्द्रका अध्यक्ष डा. माहाबिर पुनमगर, नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष क्या.देउ बहादुर राना मगर, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका संस्थापक संयोजक क्या.कृष्ण बहादुर राना मगर , Voice of Nepal Season 3 का 1st Runner up तारा श्रीसमगर, केन्द्रिय समितिका पदाधिकारी र सदस्य ज्यूहरु,बिभिन्न प्रदेश, जिल्ला समितिको पदाधिकारी सदस्यज्यूहरु र संपूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छन ।







