बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न

SHARE:

लण्डन असोज १७ ।

बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

तमु धि युकेका अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रथम महिला सिता गुरुड, वुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष इन्सपेक्टर खेम वहादुर गुरुङ, आमा समुह प्रमुख रजनी गुरुङ र पास पुचा गुठीका अध्यक्ष जानकी कायस्थ , प्रमुख सरक्षक लेप्टेन जस वहादुर गुरुङ , तमु घि युकेको संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ लगायत भक्तजनहरुबाट दिप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

महासचिव कमल गुरुङ र सचिब  युबराज गुरुङ ले सयुक्त रुपमा  सञ्चालन गरेको कार्यक्रममा उपध्यक्ष कृष्णा गुरुडले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै आमा समुह बाट अष्टमंगल पाठ प्रर्थाना। साथै संस्थाका प्रमुख लामा खेन्पो शिर लामा वाट अनलाइनमा स्वस्तिक वाचन तथा आशिक वाचन महासचिव कमल गुरुड वाट वार्षिक प्रतिवेदन प्रस्तुत, कोषध्यक्ष मेजर बुद्धि गुरुङ वाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने गुम्बा भवन खरिद सयोजक चन्द्रमान गुरुङ द्वारा गुम्वा भवनको खरिद प्रक्रिया को भावि योजना प्रस्तुत गरेका थिए । उपध्यक्ष नर वहादुर गुरुङ ले धार्मिक सम्वन्धी जानकारी दिएका थिए ।

सस्था लाई आगमि ३वर्षको लागि हलको कमिसमितिले निरन्तर दिने भन्दै संरक्षक जस वहादुर गुरुङले हालका अध्यक्ष  खेम वहादुर गुरुङ र आमा समुहको अध्यक्ष रजनीगुरुङ लाई शुभकामना दिएका थिए । साथै यो वर्ष बाट संस्थाले कानुनी सल्लाहकार समुह, मनोरन्जन समुह, युवा समुह को पनि चयन गरेको छ। सम्पूर्ण नयाँ कार्य समितिलाई प्रमुख सरक्षक जसवहादुर गुरुङले शुभकामना दिए ।

तमुधिको अध्यक्ष प्रमुख अतिथि हित काजी गुरुङ द्वारा तमु धी बाट संस्थागत दोहोरो सहयोग गरि रहने वचन दिएका थिए । आमा समुहको अध्यक्ष रजनी गुरुङले संस्थाले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गरिरहेको लाई निरन्तर दिइ रहनु आवश्यक पर्ने प्रष्ट पारिन् । प्रमुख सरक्षक जस वहादुर गुरुङले सबैको सहयोगले गुम्वा भवन खरिद गर्ने सपना पुरा हुने बताए ।

अतिथि पासा पुची गुठीका अध्यक्ष जानकी कायस्थ ले वुद्ध धर्म को प्रचार प्रसार गर्न वुद्धिष्ट गुम्वा रेडिङले ठूलो सहयोग गरेको महसुस भएको प्रष्ट पारे । संस्थाका अध्यक्ष ई खेम वहादुर गुरुङले सम्पूर्ण सदस्य, संरक्षक , सल्लाहाकार, चन्दादाता हरुलाई धन्यावाद दिदै कार्यक्रम समापन गरे । आमा टोलीले सम्पूर्ण उपस्थित सदस्य तथा भक्तजनहरुलाई खाजा साथै मिष्ठान भोजनको व्यवस्था गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!