बेलायत कात्तिक ५ ।

चिम्खोले काइँलाद्वारा लिखित “गोलार्द्धलाई चक्कर मार्दा” भन्ने नियात्रासंग्रह बिएफबिएस गोर्खा रेडियोको लोकप्रिय कार्यक्रम स्वर्णिम संगमबाट आज बिमोचन हुने भएको छ।
नेपाली समयअनुसार दिउसो ३:४५ बजे र बेलायतको समय अनुसार बिहान ११ बजे यस बिमोचन कार्यक्रममा संसारभरी छरिएर रेका नेपाली दाज्युभाइ तथा दिदीबहिनीहरुलाई बिएफबिएस गोर्खा रेडियो सुनिदिन आग्रह गरिएको छ।
यस नियात्रामा चिम्खोले काईलाका ३७ वटा नियात्राहरु समाबेश गरिएको छ। कार्यक्रममा नियात्राकार दुत पुन चिम्खोले काईला र बरिष्ठ साहित्यकार भाबेश भुमरीको उपस्थिति रहने छ भने गीतकार तथा स्वर्णिम संगमका प्रष्तोता तुलसी बस्नेतले संचालन गर्ने भएका छन् ।






