लन्डन । तमुधिं लण्डन इकाईले देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । तिहार पर्वको अवसरमा ५ नोभेम्बर २०२१ का दिन देउसी भैलो कार्यक्रम गरिएको हो । देउसी भैलो कार्यक्रममा प्रमुख अतिथिका रुपमा तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङ र उहाँकी धर्मपत्नी तथा तमुधिं युके आमा समूहकी अध्यक्ष सिता गुरुङ रहनुभएको थियो ।
त्यस्तै अतिथिहरूमा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ र उहाँको धर्मपत्नी, कोषाध्यक्ष कमल गुरुङ र उहाँको धर्मपत्नी साथै अन्य संघ संस्थाका अतिथिहरुको उपस्थिति रहेको रहेको तमुधिं लन्डन इकाइले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हितकाजी गुरुङले तमुधिं लण्डन इकाईलाई पनि घर किन्न प्रोत्साहन दिएका थिए । उनले घर किन्नका लागी तमुधिं युकेले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा इकाईका संरक्षक खुशीमान गुरुङ, प्रमुख सल्लाहकार उपमेयर लक्ष्य गुरूङ, सल्लाहकारहरू, लण्डन इकाईका कार्यवाहक अध्यक्ष ललितमान गुरुङ र सम्पूर्ण कार्यसमिति, आमा समूहका अध्यक्ष कमल गुरुङ र सम्पूर्ण कार्यसमितिका कार्यक्रमलाई सल्लाह, सुझाव र सहयोग प्राप्त भएको तमुधिं लण्डन इकाई देउसी भैलो संयोजक गुना गुरुङले जानकारी दिए । कार्यक्रममा दिदीबहिनीको बेजोड नृत्य प्रस्तुति भएको थियो ।
हल र म्युजिकको बन्दोबस्त र बाँसुरीको मिठो धुन बजाइ दिने कुमार गुरुङ, हल सजावट गर्ने भरत गुरुङ र सिर्जना गुरुङ, हल तयार गर्ने र सरसल्लाह दिने अन्तरसमाज समन्वय संयोजक दिलमाया गुरुङ, साउण्ड सिस्टम (डिजे) सुशील गुरुङ, हेलिसा गुरुङ, पुनम गुरुङ र चार घरे आमाहरू, देउसी भैलो भट्याउनने ट्रष्टीज नारायण गुरुङ र हुमकुमारी, खानाको प्रबन्ध र पत्रचार गर्ने सचिव रक गुरुङ, सेलरोटीको बन्दोबस्त गरिदिने आमा समूहकी अध्यक्ष कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष देबकला गुरुङ र सदस्य संगीता, आमा टोलीको लागि सारीको बन्दोबस्त गरिदिने कार्यक्रम संयोजक हेलिसा गुरुङ र आमा समूहकी उपाध्यक्ष बिनु गुरुङ, ३१ वटा सारी २४ वटा टोपी नेपालबाट ल्याइदिने, मामाज रेष्टुरेन्ट, सबैको फोटोग्राफर झोन घोताने, सम्पूर्ण दाताहरु, कोषाध्यक्ष नन्द गुरुङलगायत सम्पूर्णलाई संस्था र व्यक्तिगत तर्फबाट संयोजक गुना गुरुङले विशेष धन्यवाद दिएकी छन् ।






