
जयाराम तामाङ – बेलायत। सुइण्डनको पश्चिम क्षेत्रमा पर्ने विस्ट्लि एरियामा यहि नोभेम्बर ७ र ८ तारिख शनिबार र आइतबार २ दिन नेपाली एसोसिएसन विल्स्यर र सुइण्डनको पश्चिम क्षेत्रका पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेस गट्टपुरको सयुक्त आयोजनामा टूलिप फूलको बिउ रोप्ने कार्यक्रम सम्पन्न भएको छ।
पूर्व कानून तथा न्याय मन्त्रि रोबर्ट बक्ल्याण्डको साथमा नेपाली एसोसिएसन विल्स्यर का अध्यक्ष ज्ञान प्रसाद गुरुङ, नेपाली एसोसिएसन विल्स्यरका सल्लहाकारहरु रिटायर्ड क्याप्टेन आइतराम गुरुङ र रन बहादुर गुरुङ, पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेस गट्टपुर, स्थानीय नागरिकहरु लगायत महिला दिदीबहिनिको साथमा साना केटाकेटिहरुको पनि सहभागिता रहेको थियो। दिउसो २ बजे देखि ४ बजे सम्म टूलिप फूलको बिउ रोप्ने कार्यक्रमको लागि अध्यक्ष ज्ञान प्रसाद गुरुङ आफैले चिया बिस्कुट को पनि व्यवस्था गरेको थियो। रानीको प्लाटिनम जुब्ली समारोह मनाउने बेलामा फुल्ने गरि लगाएको टूलिप फूलको बिउ इङ्ग्ल्याण्डको झन्डा संग मिल्ने गरि रातो र सेतोरंगको रोपेको छ। ५ हजार बिउ रोप्ने लक्ष्य राखेको हुनाले अझै केहि क्षेत्रहरुमा यहि आउदो हप्ताको शनिबार फुल रोप्ने कार्यक्रम रहेको अधक्ष्य ज्ञान प्रसाद गुरुङ ले जानकारी दिएको छ।






