युद्ध साहित्य पुरस्कार केदार संकेतको ‘अफगानी रणमैदान’ लाई दिइने

SHARE:

लन्डन नोभेम्बर ११ । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गर्ने घोषना गरेको छ । यो पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रम आयोजना गरिने छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि रु ५०,००० अक्षरेपी (पचास हजार रुपैयाँ) र ताम्रपत्र रहेको छ । दुई वर्ष भित्रमा प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति या संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।

युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन् । उनका हालसम्म आफै जलेको देश (कवितासंग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श) २०६७), पैयुँका फूलहरु (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कवितासग्रंह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कवितासंग्रह २०७३) र बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) कृतिहरू प्रकाशित भएका छन् ।

सांग्रिला पुस्तक प्रालीद्धारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् । अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९) लगायतका पुरस्कारद्वारा संकेत पुरस्कृत भइसकेका छन् । उनी ‘साहित्य सँगालो’वेभसाइडका प्रधान सम्पादक पनि हुन् ।

नेपाली युद्ध साहित्य सिद्धान्तको प्रस्तावना सन् २०११ मा पहिलो नेपाली युद्ध कवितासंग्रह ‘युद्धमा हराएको प्रेम’मार्फत गरिएको थियो । उक्त संग्रहमा नेपाली युद्ध साहित्यको परिभाषासहित युद्ध साहित्यबारे संक्षिप्त व्याख्या गरिएको छ । यसपछि सन् २०१४ मा ‘युद्ध साहित्य सिद्धान्त र सृजनाहरु’ प्रकाशित गरि युद्ध साहित्यको थप विवेचना, ब्याख्या र विमर्श गर्दै युद्ध साहित्य अभियानलाई अझ सशक्त बनाउँदै ल्याएका छन् ।

११ नोभेम्बर (रिमेम्ब्रेन्स् डे अथवा पप्पी डे) को अवसर पारी युद्ध साहित्य सिद्धान्तका अभियन्ताहरुले युद्ध साहित्य कोषको निर्माण गरी युद्ध साहित्य पुरस्कार प्रदान गर्ने र युद्ध साहित्यलाई अझ विस्तार गरी लैजाने बताएका छन् । गोर्खाली लाहुरे अर्थात् गोर्खाली सेनाका संघर्ष, वीरता, इतिहास र विभिन्न अलिखित विषयहरुलाई लेखनमार्फत संवर्द्धन र संरक्षण गर्ने र समग्र युद्ध साहित्यलाई स्थापित गर्ने उद्देश्य रहेको गणेश राईले बताए। यस अभियानका अभियान्तहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छा हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!