लन्डन नोभेम्बर २८ । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेमा चार जना सभापतिमा निर्वाचित भएका छन् । उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक/एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ ।
लन्डन साउथ ह्यारोमा २७ नोभेम्बर शनिबार भएको समितिको पाँचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्रो वर्ष, कोपिला वनेम लिम्बु तेस्रो वर्ष र युवराज सिंह चौंथो वर्ष सभापति हुने गरी निर्वाचित गरेको पूर्वमहामन्त्री तथा निर्वाचन समितिका सदस्य केशव भण्डारीले जानकारी दिए । अधिवेशनले विधान संशोधन गरी एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको भण्डारीकले बताए ।
विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरु सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा संख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए । अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए ।
महामन्त्रीमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन चुनिएका छन् । सह-महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ । निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्वसभापति लोक गुरुङ थिए ।
यसैगरि, अधिवेशनले आउँदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ । बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् ।






