काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको विशेष समयको बैठकपछि उहाँले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भने ।
सभामुख महराले भने– “सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाउनुभएको छ, त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस् ।’’






