लण्डन पुष ८ ।

गैर आवासीय नेपाली संघ एनआरएनए युकेको मिडिया समितिले युकेमा कार्यरत मिडियाहरुसंग सम्पर्क विस्तार गरी संस्थाका गतिविधिहरुबारे सदस्य तथा शुभेच्छुकहरु सम्म व्यवस्थित रुपमा सूचना प्रवाह गर्ने निर्णय गरेको छ।
समितिका प्रमुख संयोजक तथा संघका प्रवक्ता भरतमणी चोङ्गबाङ्गको अध्यक्षतामा आइतबार भर्चुएल माध्यमबाट बसेको बैठकले आगामी कार्ययोजनाबारे छलफल गरेको थियो। समितिले संघको मुखपत्र ‘एनआरएन भ्वाइस’ नियमित रुपमा प्रकाशन गर्ने पनि निर्णय गरेको छ । २०२१–२३ कार्यकालका लागि निर्वाचित प्रेम गाहा मगरले नेतृत्व गरेको कार्य समितिले पहिलो १०० दिन अवसर पुरा गरेको अवसरमा ‘एनआरएन भ्वाइस’ स्मारिका प्रकाशन गरिएको थियो।
बैठकमा समितिका प्रमुख चोङ्गबाङ्गले आफु काम विशेषले केहि समयका लागि नेपाल जान लागेको बताए । बैठकले उनको अनुपस्थितिमा संघका मिडिया कोअर्डीनेटर शिव भण्डारीलाई कार्यवाहक प्रवक्ताको रुपमा तोकेको छ । समितिको बैठक अब हरेक महिना बस्ने भण्डारीले बताए ।
एनआरएनए युकेको हालै गठित मिडिया समिति प्रेस तथा पब्लिकेशन विभागमा समितिका प्रमुख चोङ्गबाङ्ग, मिडिया कोअर्डीनेटर शिव भण्डारीका साथै सदस्यहरू अमित थेबे, मन्दिप केसी, किरण राइ तथा सिर्जना निंग्लेखु एवम् सल्लाहकारमा भगीरथ योगी रहेका छन्।






