लन्डन । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरी ५७ सदस्यीय बनाएको छ ।
गत जून २८ तारिखमा बसेको बैठकले केन्द्रीय सचिव केदार सुनुवार संकेतको संयोजकत्वमा बनेको व्यवस्थापन समितिको सहसंयोजकमा विजय हितानलाई चयन गर्दै सदस्यहरु थपेर ५७ पु¥याइएको हो । समितिमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य, संरक्षक सदस्य, आजीवन सदस्य साथै युकेमा रहेका सबै शाखाका पदाधिकारी तथा सदस्यहरु छन् । आगामी १२ अगस्ट आइतबार क्यान्टवरी युनिभर्सिटी हलमा हुने ऐतिहासिक दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा देशविदेशका लब्धप्रतिष्ठित अंग्रेज, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागिता रहने छ ।
बैठकले विस्तारित समितिमा केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला (युके), सुरेन्द्र लिम्बू ‘परदेशी’ (भारत), सागर श्रेष्ठ (नेपाल), डेन्जाम साम्पाङ (अमेरिका), डा. लेखनाथ काफ्ले (ताईवान), सुनिता राई (इजरायल), हरि शिवाकोटी (क्यानडा), साबित्रा लुइँटेल (ईजरायल), रमेश कडेल (नेपाल), गोविन्द गौतम (रसिया), चन्द्र मादेन (हङकङ), विजय हितान (युके) छन् । त्यस्तै, लक्ष्मण नेउपाने (म्यानमार), नवराज पोखरेल (रुमानिया), अमित राई (कुवेत), चर्तुरवेदी मोहनराज (म्यानमार), आरआई श्रमजीवी (बेल्जियम), राहुल राई वोगी (आसाम), नन्दलाल आचार्य (नेपाल), दिलीप सगर (मलेसिया), गनिन्द्र विवश (द. कोरिया), बिमल बजगाई (साउदी अरेबिया), खगेन्द्र अधिकारी (नेपाल) छन् ।
विस्तारित समितिमा पीएस निश्चल (यूएई), सानु गुरुङ (ईजरायल), मणिराज सिंह (नेपाल), युकेबाट सुरेन्द्र इङनाम, भोजराज बराल, समिप हाङवाङ जर्जर, विनेसाम साउथ युके शाखाका जानुका राई, करिष्मा घम, थिर थापा, सन्ध्या गुरुङ, बीसी राई, लाहाङ चेम्जोङ, घनबहादुर थापा, गणेश पुन, औतारी साइँला, शिवकुमार राई, सञ्जीव राई, सुष्मा रुपाबुङ राई, विनेसाम वेस्ट शाखाका लालसुन्दर राई, जानुका काम्बाङ, चन्द्रकला थेवे, भरत लोहरुङ राई, गंगा थापा, नानु राना, मनु पाइजा, जयराम तामाङ, हरि राई, रामलक्ष्मण गुरुङ, सीता शेरचन, भावना सुनुवार परिष्कृत, होम सुनुवार, मुकेश राई रहेका छन् ।
सल्लाहकारमा पूर्वराजदूत मुरारीराज शर्मा, डा. माइकल हट, डा. चन्द्र लक्सम्बा, डा. प्रेम आले, जंग सुनुवार, योगकुमार फगामी, सिरीप्रसाद लिम्बू, तुल छन्त्याल र सुरेसजंग शाहलाई चयन गरिएको छ ।
साहित्य महासङ्घले आफ्नो स्थापनाको ९ औं वार्षिकोत्सव पनि आउँदो जुलाई ८ का दिन क्यान्टवरी टाउनको चमचम रेस्टुरेन्टमा गीतिलेखन विषयक गोष्ठीसहित मनाउने छ । गोष्ठीमा गीतलेखनका शोधकर्ता भावेस भुमरीको प्रशिक्षण रहने जनाइएको छ ।






