काठमाडौं पुष १२ ।

नेपालमा एक करोड बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
सोमबारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउनेको यो संख्या लक्षित जनसंख्याको ५१ प्रतिशत हो ।
यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ ।
सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।






