ओमिक्रोनले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्ल्यूएचओको चेतावनी

SHARE:

एजेन्सी पुष १४ ।

विश्व स्वास्थ्य संगठन​ डब्ल्यूएचओले ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ।

धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ। ओमिक्रोन स्वरूपले नेदरल्याण्ड्स र स्वीजरल्याण्डमा तनाव बढाएको छ। ती देशमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।

ओमिक्रोनसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको विश्व स्वास्थ्य संगठनले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ ।डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रतिव्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ।ल डेल्टाको तुलनामा ओमिक्रोनका लागि अस्पतालमा भर्ना हुने जोखिम कम भए पनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ।

ओमिक्रोनको द्रुत वृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहमा र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च १ लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। युरोपका सबै देशले ओमिक्रोन स्वरूप भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन्।

इटाली, ग्रीस, पोर्चुगल र बेलायत सबैमा उच्च सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका छन्। क्रिसमसका कारण परीक्षणका परिणाम आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।

मंगलबार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटाताली, ग्रीस, पोर्चुगल र बेलायत पनि छन्। चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ। अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन्।

इटालीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ‚ जुन महामारीयताकै उच्च हो। त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलबार १७ हजार १ सय ७२ पुगेको छ।

ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन्। साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनकै सर्वाधिक उच्च सङ्ख्या हो। यसैबीच बेलायतमा कीर्तिमानी १ लाख १७ हजार ९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीले दिएका छन्। क्रिसमसका कारण बेलायतको सबै तथ्याङ्क आएको छैन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!