टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने

SHARE:

काठमाडौं पुष २३ ।

अस्ट्रेलियामा हुने टी२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ ।

फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ । विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ । नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन् ।

अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्ने छन् । यसअघि प्रतियोगिता राउन्ड रोबिनका आधारमा सञ्चालन गरिने भएपनि यो पटक समूह विभाजन गरेर प्रतियोगिताको आयोजना हुन लागेको हो । समूह चरणमा पहिलो र दोस्रो हुने टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टोलीले अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपाल रहेको समूहमा आयोजक ओमानसहित, क्यानडा र बहराइनले समूह ए मा रहेर प्रतिस्पर्धा गर्दा समूह बी मा आयरल्यान्ड, युएई, जर्मन र फिलिपिन्स रहेका छन् । प्रतियोगिताको छनोट १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा हुनेछ। नेपालले पहिलो खेलमा १८ फेब्रुअरीमा आयोजकसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको सेमिफाइनल २२ फेब्रुअरीमा हुँदा फाइनल २४ फेब्रुअरीमा हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!