विश्वमा कोरोना सङ्क्रमितको संख्या ३० करोड नाघ्यो, ५४ लाख ९७ हजार बढीको मृत्यु

SHARE:

एजेन्सी पुष २४ ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३० करोड नाघेको छ ।

दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको छ । वुहानबाट शुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएर विश्वका सबैजसो क्षेत्रमा पुगेको छ । अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको आविष्कार गरेर विश्वभर नै खोप अभियान पनि चलिरहेको छ ।

खोप अभियानसँगै विश्वमा महामारीको प्रभाव कम हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!