बेलायतमा कोरोना संक्रमणबाट डेढ लाख बढिको मृत्यु

SHARE:

लण्डन पुष २५ ।

बेलायतमा महामारी सुरु भएयता कोरोना संक्रमणका कारण एक लाख पचास हजार बढिको मृत्यु भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३१३ जना कोरोना संक्रमितको मृत्यु भएपछि कुल मृतक संख्या एक लाख पचास हजार ५७ पुगेको हो । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

कोरोनाका कारण मृत्यु हुने संख्या एक लाख पचास हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल, भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् । यससंगै कोरोना संक्रमितको कुल संख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ ।

बेलायतमा हाल कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणदर तीव्र रुपमा फैलिएको छ । अघिल्लो हप्ता दैनिक संक्रमण दुई लाख बीस हजार नाघेपनि पछिल्ला दिनमा संक्रमण दरमा कमि आएको छ । संक्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा दुई हजार ४३४ जना अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका कारण भर्ना हुनेको संख्या अठार हजार ४५४ पुगेको छ ।

त्यस्तै ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ४८ लाख २६ हजार २४३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १९ लाख १९ हजार ८१५ जना अर्थात् ९०.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ७६ लाख ३२ हजार ४८३ जना अर्थात् ८२.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ३ करोड ५२ लाख ७३ हजार ९४५ अर्थात् ६१.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!