कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन १६ जनाको मृत्यु

SHARE:

काठमाडौं माघ ८ ।

नेपालमा आज एकै दिन कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो तेस्रो लहर सुरु भएपछिकै एकै दिनको सर्वाधिक मृत्यु हो । गएको २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २० हजार १ सय ८७ जनाको परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!