कोरोना महामारी अब छिट्टै नै अन्त्य हुने डब्लुएचओको दावी

SHARE:

एजेन्सी माघ १० ।

करिब २ वर्षदेखि विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको कोभिड–१९ कोरोना महामारी अब छिट्टै नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वास लिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने डब्लुएचओ युरोपका निर्देशक डा.हान्स क्लुगलले दावी गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग यस्तो बताएका हुन् । उनले मार्च भित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताए ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उनको भनाइ छ । त्यस्तै खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगले बताए ।

त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!