काठमाडौं माघ ११ ।

नेपालमा मंगलबार थप १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ ।
जसमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार २ सय ४५ जना आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।






