बेलायत सरकारले सहयोग गरेको कोरोना विरुद्धको साढे ८ लाख बढी डोज खोप नेपाल आइपुग्यो

SHARE:

काठमाडौं माघ २४ ।

कोरोना भाइरस विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो ।

बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा आउने कार्यतालिका रहेको उनको भनाइ छ । यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४ सय मात्रा र इटालीले ६ लाख ३३ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप नेपाल पठाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!