तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ : बेलायत

SHARE:

 


लन्डन १० जनवरी । मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भने, “हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।

ट्रुसले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् ।

मस्कोमा भएको वार्तापछि ट्रुसले भने, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उहाँले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताउनुभयो तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”

रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् ।

लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताए । रूसी गुनासोहरू दोहोर्‍याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेको उनले बताए ।

यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!