बेलायतद्वारा नेपाललाई २१ लाख डोज कोरोना खोप प्रदान

SHARE:

काठमाडौं फागुन ५ ।

बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेकी हुन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट कोभ्याक्सअन्तर्गत सो खोप सहयोग गरिएको बताएकी छन् ।

मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

भेटघाट कार्यक्रममा सचिव डा.रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!