
बेलायत – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नव नियुक्त राजदुत तथा २२ औं राजदूत ज्ञानचन्द्र आचार्यज्युलाई आउंदो आइतबार २७ फेब्रुरीका दिन दिउसो बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा भब्य स्वागत तथा अभिनन्दन गर्ने भएको छ ।
उक्त कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक शेर बहादुर सुनारज्यु, प्रमुख सल्लाहकारज्युहरु, सल्लाहकारज्युहरु, पूर्व अध्यक्षज्युहरु, एनआरएनए आइसीसी सल्लाहकारज्युहरु, निर्वाचित आइसीसीसदस्यज्युहरु तथा आइसीसी उम्मेदवारज्युहरु, लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका तीनसय भन्दा बढी बेलायतबासी नेपालीहरु सहभागी हुने भएको छ ।
त्यस्तै एनआरएनए युकेका राज्य समन्वय परिषदहरु नर्डन आयरल्याण्ड, वेल्स्, स्कटल्याण्ड र इंगल्याण्डका कार्यसमितिज्युहरु विशिष्ट व्यक्तित्वज्युहरु, सामाजिक अभियन्ताज्युहरु बुद्धिजिवीज्युहरुको पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
एनआरएनए यूकेक अध्यक्ष गाहामगरज्युले उक्त सम्पूर्ण महानुभाबहरुलाई निम्तो पठाइसकिएको जनाउनु भएको छ। यदि कारणबस तथा इमेल त्रुटीका कारण निम्तो नपुगेको भए यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थित भइदिन अनुरोध गर्नुको साथै समस्त नेपाली संघसंस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधिज्युहरुलाई आ-आफ्नो संस्थाको तर्फबाट राजदूत आचार्यलाई स्वागत तथा सम्मानगरिदिन पनि अनुरोध गर्नु भएको छ ।
उक्त कार्यक्रम संघका उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजनमा तयारी हुदै गरेको कुरा जानकारीमा आएको छ ।






