नेपालमा १० लाख बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज

SHARE:

काठमाडौं फागुन १२ ।

नेपालमा हालसम्म १० लाखभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार बिहिवारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज ५६२ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ । सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन् ।

बिहिवार कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!