अभियन्ता लीला सेलिङ माबोको कृति विमोचन

SHARE:

लन्डन १३ मार्च । अभियन्ता लीला सेलिङ माबोद्वारा लिखित ‘मेमोयर्स अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ कृति विमोच गरिएको छ ।

विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भसँगसँगै नियमित त्रैमासिक साहित्यिक गोष्ठीमा शनिबार माबोको पुस्तक विमोचन गरिएको हो । अथर हाउस बेलायतले प्रकाशन गरेको अंग्रेजी भाषामा लिखित पुस्तक माबोको दोस्रो कृति हो । फार्नबोरो निवासी उनी पूर्व गोरखा सैनिक श्री प्रसाद माबोकी पत्नी पनि हुन् । कोरोना महामारीका कारण सिर्जित लकडाउनको समयमा संस्मरणात्मक डायरी लेखेकी माबोले सोही संकलनलाई पुस्तकको रूप दिएकी हुन् ।

२६२ पृष्ठको किताबमा उनले कोभिड र महामारीको प्रभाव, गोर्खा पत्नी हुँदाको पीडा र समस्या, आफ्नो थातथलो र साँस्कृतिक भूगोलको स्मरण, अश्वेत, दक्षिण एसियाली अल्पसंख्यक समुदायको अवस्था लगायतका विषय उल्लेख गरेकी छिन् ।

नेपालको ओयाम, पान्थर पुर्ख्यौली घर भएकी माबो सन् २००० यूके आएकी थिइन् । उनी किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, फोनिज यूके, ग्रेटर रश्मोर नेपाली समाज, रश्मोर हेल्थी लिभिङ, नेपाली समाज लगायतका संघसंघस्थाहरूमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सर्रेबाट अपराधशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

विमोचित कृति उपर पत्रकार, लेखक एवम् सांस्कृतिक अभियन्ता अमित थेवेले टिप्पणी गरेका थिए । उनले पुस्तकमा गोरखा आश्रित परिवारको सदस्यको आँखाबाट समाजिक, राजनीतिक र साँस्कृतिक घटनाहरू बुझ्न सहयोगी हुने बताए । उनले साहित्यमा डायरी लेखनले महत्वपूर्ण तथ्य, जानकारी र दर्शन दिएको उदाहरण प्रस्तुत गर्दै संस्मरणात्मक पुस्तकको उचाइँ अझ बढ्नेमा विश्वास व्यक्त गरे ।

पुस्तक अमेजनमार्फत् खरिद गर्न सकिनेछ । प्रकाशकले कृतिलाई किन्डल भर्सनमा समेत उपलब्ध गराएको छ । केही समयपछि बुकस्टोरहरूमा पनि राखिने लेखिका माबोले जनाइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!